

-
काडमाडौं । आइतबार देशभरबाट ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएको संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घन्टामा ८ हजार २६ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।
त्यसैगरी सोही अवधिमा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृतकहरु झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला भएको प्रवक्ता डा. गौतमले पुष्टि गरेका छन् । यीसँगै नेपालमा आइतबारसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।
मन्त्रालयका अनुसार यसै अवधिमा विभिन्न कोरोना उपचार अस्पतालबाट थप २८१ जना डिस्चार्ज भएका छन् । यसरी हालसम्म निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत भएको मन्त्रालयले बताएको छ ।
त्यस्तै अहिले आइसोलेसनमा १३ हजार १ सय ५५ जनामा सक्रिय संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ९ हजार २१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा छन् । मुलुकभरका क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेको मन्त्रालयले बताएको छ । अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।
News Desk 0 response आइतवार, भदौ ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



