

-
काठमाडौं । विगत २४ घण्टाको अवधिमा मुलुकभरबाट ८ सय ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबारको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको प्रवक्ता डा. गौतमले बताए । यस अवधिमा १३ हजार ५७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । गत मंगलबार अहिलेसम्मकै धेरै एकै दिनमा एक हजार १६ जना संक्रमित भएका थिए ।
आज भेटिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १८२ छन् । प्रवक्ता गौतमका अनुसार संक्रमितहरु काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना छन्ं । गत भदौ ४ गते उपत्यकामा २ सय संक्रमित भएका थिए ।
त्यसैगरी सोही अवधिमा २ सय ५० जना कोरोना जितेर निको भएका छन् । यीसँगै अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको मन्त्रालयले बताएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् । त्यस्तै काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी र सर्लाहीमा सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी भएका जिल्ला हुन्् । संक्रमित शून्य भएका जिल्लामा भोजपुर, मनाङ, मुस्ताङ, र हुम्ला छन्।
पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउने संख्या १३७ पुगेको छ ।
News Desk 0 response शुक्रबार, भदौ ५, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



