• ललितपुर । शुक्रबार बिहान पाटन अस्पतालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले सूचना जारी गरेर बताएको छ । मृत्यु हुनेहरु दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुष रहेका छन् ।

    केन्द्रका अनुसार दोलखाकी संक्रमित महिला भदौ २ गते देखि अस्पतालमा उपचाररत थिइन् । त्यस्तै सर्लाही मलंगवाका पुरुष साउन ३१ गतेदेखि नै पाटन अस्पतालमा उपचाररत थिए ।