• काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । नेपालमा शुक्रबार थप ५९४ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ५७५ वटा नमूनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

    प्रवक्ता डा. गौतमका अनुसार अहिले ७ हजार ९१३ जनामा सक्रिय संक्रमितको उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ सय ४० जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म १७ हजार ७७ जना कोरोना जितेर घर फर्किका छन् ।

    मन्त्रालयका अनुसार अहिले देशभरिका क्वारन्टीनमा १४ हजार ६३८ जना छन् । हालसम्म ४ लाख ९४ हजार ६१३ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको गरिएको छ ।

    त्यसैगरी शुक्रबार पथ चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी हालसम्म मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिला २२ जना रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।