

-
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पिसिआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यस्तै सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । ठूला शहरमा सङ्क्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा गौतमले जानकारी दिए । उनले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।
News Desk 0 response बिहिबार, साउन २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



