

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय २५ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । सो अवधिमा देशभरका प्रयोगशालामा ९ हजार ८ सय ५९ वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । उनले बिहीबार थपिएका नयाँसँगै नेपालमा अहिलेसम्म संक्रमितको कुल २४ हजार ९५७ पुगेको बताए ।
प्रवक्ता गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १२७ जना रहेका छन् । तीमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् । बिहीबार उपत्यकामा १३८ संक्रमित थपिएका थिए ।
हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको प्रवक्ता गौतमले भनेका छन् भने हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७ सय ६९ रहेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । यीसहित अहिलेसम्म १६ हजार ८ सय ३७ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म ४ लाख ८३ हजार २८ व्यक्तिको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



