

-
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट एकै दिनमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका दुई जना रहेका छन् ।
त्यस्तै मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक विराटनगरका ४५ वर्षीय पुरुष हुन् । उनको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । उनको स्वाबको पीसीआर रिपोर्ट भने दिउँसो चार बजेमात्र आएको बताइएको छ । त्यसैगरी अर्का रंगेलीका ४५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताइएको छ । उनको पनि मृत्यु पछिमात्र पीसीआर रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।
त्यसैगरी काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा सर्लाही मलंगवाकी ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनलाई ज्वरो र निमोनियाको समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको साउन १८ गते कोरोना पुष्टि भएको थियो । यीसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।
News Desk 0 response बुधबार, साउन २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



