

-
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ थपिनेमा काठमाडौंका ५७ र ललितपुरका ५ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् । मंगलबार पनि उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमका अनुसार मुलुकभरबाट आज ३८१ जना कोरोना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । त्यस्तै अहिलेसम्म कुल संक्रमितमध्ये १५ हजार १५६ निको भएर घर फर्किएका छन् । बुधबारमात्र १३० जना डिस्चार्ज भएका छन् । उनका अनुसार अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
हालसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, साउन २१, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



