

-
काठमाडौं । नेपालमा बुधबारमात्र ३८१ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । उनका अनुसार अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा उनले अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको बताए ।
प्रवक्ता गौतमका अनुसार आज सबैभन्दा बढी संक्रमित थपिने जिल्लामा पर्सा रहेको छ । त्यहाँमात्र १५० जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको थियो । त्यस्तै काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएसँगै हालसम्म १५ हजार १५६ निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । हालसम्म कुल संक्रमितमध्ये निको हुने दर ७०.८ प्रतिशत हो । उनका अनुसार अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
त्यसैगरी पाँच सय बढी संक्रमित हुने जिल्लामा रौतहट, महोत्तरी र कैलाली छन् । अहिले कोरोना संक्रमण शून्य हुने सात जिल्लामा खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ ।
News Desk 0 response बुधबार, साउन २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



