

-
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो ।
हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । क्यानले २९ जिल्लालाई भने रु ५० हजारका दरले बजेट उपलब्ध गराएको छ ।
“बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उनले भने । जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि १० हजार सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई एक लाख तथा प्रदेशलाई रु तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ ।
हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी कूल २० लाख ५० हजार निकासा गरेको सिंहले बताए ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



