

-
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिएको बताएका हुन् । तीमध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । यो एकैदिनमै संक्रमित हुने संख्या उपत्यकामा अहिलेसम्मकै धेरै हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले मंगलबार देशभरबाट २५९ जना संक्रमित थपिएको जानकारी दिएका थिए । यीसहित कूल संक्रमितको संख्या २१ हजार ०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । मृतक मोरङको विरानगर–५ का ७७ वर्षीय वृद्ध रहेका छन् । उनको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका रोगी भएको बताइएको छ । यीसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको प्रवक्ता डा. गौतमले बताए ।
अहिले देशभर सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ९ सय २५ पुगेको प्रवक्ता मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएको र अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । त्यस्तै अहिले क्वारेन्टाइनमा १० हजारभन्दा बढी रहेका छन् ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



