

-
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । तीमध्ये काठमाडौंमा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जना रहेका छन् ।
आइतबारमात्र उपत्यकामा ३१ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना रहेका थिए ।
सोमबार देशभरबाट ४१८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार यीसहित नेपालमा कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ७३२ रहेको छ । अहिले देशभरिका क्वारन्टीनमा १० हजारभन्दा बढी व्यक्ति रहेका छन् ।
त्यसैगरी अहिले रौतहट, महोत्तरी र कैलाली जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमित नभएका जिल्लामा भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।
हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
News Desk 0 response सोमवार, साउन १९, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



