

-
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिक कक्ष निसङ्क्रमण पश्चात बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिए ।
बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई ओटा होटेलमा क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा पठाइएका एक जना चिकित्सक भने होटल नगई राजविराजस्थित निजी अस्पतालमा खटिरहेका छन् ।
राजविराज–६ निवासी ७३ वर्षीय व्यापारीको साउन १ गते राति मृत्यु भएपछि मृतकको परिवारका पाँच जना सदस्यका साथै घरसँगै रहेको उनको पसलमा काम गर्ने दुई जना कामदार, सरसफाई गर्ने महिला, छिमेकी दम्पती, चिया पु¥याउने पसलेको परिवारका चार जना पनि सङ्क्रमित भएको पुष्टि भएको थियो ।
पसलमा कार्यरत सङ्क्रमित एक कामदारकी श्रीमती, छोरी, भतिजा र भतिजी तथा अर्का कामदारकी ३२ वर्षीया श्रीमती पनि सङ्क्रमित भएकी छिन् । उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत छिन् । सङ्क्रमित सरसफाई गर्ने ३६ वर्षीया महिला पनि अस्पतालमा कार्यरत सरसफाई कर्मचारी हुन् ।
अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालका सबै १९८ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा ४६ जना बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा विष खाएर उपचाररत बिरामीमा शुक्रबार साँझ सङ्क्रमण देखिएको थियो । अन्य सबै कर्मचारी, चिकित्सक र बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ । यता आकस्मिक कक्षमा कार्यरत १४ जना स्वास्थ्यकर्मी क्वारेन्टिन भएपछि अस्पतालको सेवा प्रभावित भएको डा. झाले बताउनुभयो । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढेर ४२६ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रासस
News Desk 0 response शनिबार, साउन १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



