

-
काठमाडौं । शुक्रबार थप १३३ व्यक्तिमा कोभिड-१९ संक्रमण देखिएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा नयाँ व्यक्ति थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ९८७ वटा नमूनाको आरटी पीसीआर परीक्षण गरिएको थियो ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका १० जना रहेको सो अबसरमा प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार बिहान बिरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुर निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल, बिरगञ्जमा निधन भएको मन्त्रालयले जनाएको छ । मुटु सम्बन्धी रोगसँगै निमोनियाबाट ग्रसित उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । यीसँगै नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ४४ जना पुगेको छ ।
त्यसैगरी आज विभिन्न कोरोना उपचार केन्द्रबाट थप १०७ जनाले कोरोना जितेर घर फर्किएका छन् । यसरी अहिलेसम्म कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ । यो निको दर ७०.५ प्रतिशत हो । आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ भने हाल क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response शुक्रबार, साउन ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



