

-
काडमाडौं । बिहीवार थप १६७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिएका हुन् ।
प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जितेर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । यो कुल संक्रमितको आधारमा ६४.८५ प्रतिशत हो । ३९ जनाको भने कोरोनाकै कारण मृत्यु भइसकेको छ । हाल आइसोलेशनमा ६ हजार ५६ सक्रिय संक्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९८१ वटा नमूनाको परीक्षण भएको थियो । हालसम्म मुलुकभर ३ लाख ३ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभर २४ हजार ५२७ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५२६ जना रेड जोनमा परेका छन् ।
News Desk 0 response बिहिबार, साउन १, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



