

-
काठमाडौं : बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने र कर्णाली तथा सुदूरपश्चिममा मेघगर्जन, चट्याङ र असिनापानीको समेत जोखिम रहेको छ
जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। अन्य विभिन्न क्षेत्रमा पनि अरेन्ज अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरिएको छ।
आगामी केही दिन अनावश्यक यात्रा नगर्न मौसमसम्बन्धी सूचनामा ध्यान दिन र बाढी, पहिरो तथा चट्याङको जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १२, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


