

-
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत भएका छन् । ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका ह्वाइट हाउसलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।
यसैबीच सी र ट्रम्पबीच बेइजिङमा द ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको छ । बेइजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई विश्वको ‘सबैभन्दा महत्त्वपूर्ण’ भनेको बीबीसीले जनाएको छ । चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने उल्लेख गरे ।
यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई ‘अत्यन्तै सकारात्मक’ भनेर प्रशंसा गरेको खबरमा उल्लेख छ । ट्रम्पले सीलाई ‘महान् नेता’ भनेर प्रशंसा गरेका छन् ।
यसअघि झन्डै २ घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धका विषयमा छलफल भएको ह्वाइट हाउसले भनेको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द्व हुन सक्ने चेतावनी दिएका छन् । सीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने चेतावनी दिएका हुन्।
News Desk 0 response बिहिबार, बैशाख ३१, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



