

-
काठमाडौं : युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १४ बुँदे प्रारम्भिक सहमतिपत्र तयार हुने चरणमा पुगेको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन् । इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिएका छन् ।
मध्यस्थता गर्दै आएको पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको जनाएको छ । पछिल्लो प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ । यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्ने तयारी गर्नेछ । यसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ ।
इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ ११ प्रतिशतले घटेको छ । दुई देशबीच पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव कायमै छ ।
विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने मार्गमा दुई महिनाभन्दा लामो समयदेखि देखिएको अवरोधले विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको सङ्कट उत्पन्न भएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



