

-
वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरु गरिएको अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ केही समयका लागि रोक्ने घोषणा गरेका छन्।
इरानसँग सम्झौताका लागि ‘ठूलो प्रगति’ भएको दाबी गर्दै आपसी सहमतिमा यो अभियान स्थगित गरिएको ट्रम्पको भनाइ छ। तर, इरानी सञ्चारमाध्यमहरूले भने यसलाई आफ्नो देशको जितको रूपमा व्याख्या गर्दै चौतर्फी विफलतापछि ट्रम्प पछि हट्न बाध्य भएको टिप्पणी गरेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यो निर्णय अमेरिकी र इरानी पक्षबिच मध्यस्थता गरिरहेको छिमेकी देश पाकिस्तानको अनुरोधमा लिइएको स्पष्ट पारेका छन्। अभियान रोकिए पनि इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी भने यथावत् रहने उनले बताएका छन्। यो घोषणा हुनुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको पहिलो चरणको सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ ले आफ्नो उद्देश्य पूरा गरेसँगै समाप्त भएको बताएका थिए।
ट्रम्पको यो अचानकको निर्णयले अमेरिकी प्रशासनभित्रै केही असमञ्जस सिर्जना गरेको छ। केही घण्टाअघिसम्म विदेशमन्त्री रुबियो, रक्षामन्त्री पिट हेगसेथ र जोइन्ट चिफका अध्यक्ष जनरल ड्यान केनले उक्त क्षेत्रमा स्वतन्त्र जलयात्रा र व्यापारको सुनिश्चितताका लागि अभियान जारी रहने दृढता व्यक्त गरिरहेका थिए। यद्यपि, विदेशमन्त्री रुबियोले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिका शान्तिको पक्षमा रहेको र राष्ट्रपति ट्रम्प सम्झौताको पक्षमा उभिएको बताएका छन्।
अमेरिकाले नाकाबन्दी र जहाजहरूको उद्धार अभियानलाई दुई अलग पाटोका रूपमा व्याख्या गर्दै आएको थियो। नाकाबन्दीको उद्देश्य इरानमाथि आर्थिक दबाब बढाउनु हो भने ‘प्रोजेक्ट फ्रिडम’ को उद्देश्य बन्दप्रायः रहेको जलमार्गबाट फसेका जहाजहरूलाई बाहिर निकालेर विश्व बजारमा तेलको आपूर्ति सहज बनाउनु थियो।
अब यो स्थगनको अवधिमा इरानले फेरि अवरोध सिर्जना गरेमा अमेरिकाले आफ्नो उद्देश्य प्राप्त भएको दाबी गर्न कठिन हुनेछ। अर्कोतर्फ, इरानले चर्को विरोध गर्दै आएको यो अभियान रोकेर अमेरिकाले उसलाई वार्ताको टेबलमा ल्याउने रणनीति बनाएको पनि अनुमान गरिएको छ।
यसैबिच, स्ट्रेट अफ होर्मुजमा तनाव कायमै रहेको संकेतहरू देखिएका छन्। बेलायती नौसेनाको निकायले उक्त जलमार्गमा एउटा कार्गो जहाजमा अज्ञात क्षेत्रबाट प्रहार भएको जनाएको छ। त्यस्तै, संयुक्त अरब इमिरेट्स ९यूएई० ले इरानबाट आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारेको दाबी गरेको छ। इरानले भने यूएईमाथि कुनै पनि आक्रमण नगरेको स्पष्टीकरण दिँदै यस्ता आरोपहरूको खण्डन गरेको छ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि यो संकट चुलिएको हो। जवाफमा इरानले विश्वको २० प्रतिशत तेल र ग्याँस ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग बन्द गरिदिएपछि यसले वैश्विक अर्थतन्त्रमा नै गम्भीर असर पुर्याएको छ।
News Desk 0 response बुधबार, बैशाख २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



