

-
अमेरिकाले रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेपछि त्यसबाट भारतलाई फाइदा पुग्ने भएको छ । इरानसँगको युद्धका कारण विश्वव्यापी ऊर्जाको मूल्यमा तीव्र वृद्धि भइरहेको समयमा भएको यो निर्णयले भारतमा आपुर्ती नियमितसँगै मुल्य नियन्त्रमा समेत सहज हुने देखिएको हो ।
रुसी तेल खरिद गर्न दिइएको छुट दुई दिन अघि सकिएकोमा ट्रम्प प्रशासनले इरान, उत्तर कोरिया र क्युबा बाहेक सबै देशलाई थप एक महिना छुट दिएको हो । होर्मुज जलमार्गमा अवरोध हुँदा अहिलेसम्म भारतले एलपीजी र एलएनजीमा मात्रै समस्या झेल्नुपरेको छ । यसको कारण रुसबाट तेल आउनु हो ।
परम्परागत रूपमा भारतले खाडी देशहरूबाट तेल आयात गर्दै आएको थियो । तर, युक्रेन युद्ध शुरू भएपछि धेरै छुटमा रुसी तेल खरिद गर्न थालेको हो । अमेरिकी ट्यारिफका कारण खरिद प्रक्रिया प्रभावित भएपछि भारतले पुनः खाडी देशहरूबाट हुने आयात बढाएकोमा होर्मुजसंकटले समस्या ल्याएको हो । फेरी रुसी तेल आउने भए पनि भारतमा तेलको अभाव हुने छैन । भारतले अहिले ४१ वटा देशबाट तेल आयात गरिरहेको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथिको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने हरेक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख गरे ।
News Desk 0 response आइतवार, बैशाख ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


