

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका छन् । यसअघि बुधवार बिहानसम्म इरानले स्ट्रेट अफ हर्मुज नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले समयसीमा सकिन दुई घण्टाभन्दा कम बाँकी रहँदा दुई हप्ताका लागि युद्धविराम घोषणा गरेका थिए ।
हर्मुज खोल्ने शर्तमा युद्धविराम भएको ट्रम्पको दाबी थियो । तर अझै पनि हर्मुज युद्धअघिको जसरी खुलेको छैन । हर्मुज प्रयोग गरिरहेका सीमित जहाजसँग पनि इरानले शुल्क उठाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरू स्थायी सम्झौताका लागि भोलि पाकिस्तानमा वार्ता गर्ने कार्यक्रम छ । वार्तामा हर्मुज भएर हुने ढुवानी मुख्य विवादको विषय हुने छ । यही समयमा ट्रम्पले हर्मुजमा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका हुन्।
यसैबीच इरान र अमेरिकाबीच युद्धविराम भए पनि तेल र ग्यासको मूल्य मध्यपूर्व युद्धअघिको स्तरमा फर्कन धेरै समय लाग्ने विश्लेषकहरूले बताएका छन् । अहिले नै मूल्य कहिले सामान्य अवस्थामा फर्किन्छ भनेर भन्न धेरै चाँडो हुने अमेरिकाको टर्फ्स विश्वविद्यालयको फ्लेचर स्कूलका प्राध्यापक रकफोर्ड वेट्ज बताउँछन्। बजार स्थिर हुन हर्मुजबाट जहाजहरू निर्बाध रूपमा बाहिरिन पाउने सुनिश्चितता हुनुपर्ने विश्लेषकहरूको भनाइ छ ।
मध्यपूर्व युद्ध शुरू हुनुअघि हरेक दिन झन्डै १२० देखि १४० वटा जहाज हर्मुजबाट बाहिरिने गरेका थिए । अहिले हर्मुजबाट बाहिरिने जहाजहरूको सङ्ख्यामा निकै कमी आएको छ । अस्ति बुधवार ५ र हिजो बिहीवार ७ वटा जहाज मात्रै बाहिरिएका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



