

-
मध्यपूर्वमा चर्किँदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् । उनकाअनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा अमेरिकाको ध्यान विभाजित भइरहेको छ जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।
टर्किएको इस्तानबुलमा अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले लामो समयसम्म इरानसँगको युद्ध चलिरहे युक्रेनले पाउने सहयोग झन् घट्ने चिन्ता व्यक्त गरेका हुन्। युक्रेनले रुसको निरन्तर आक्रमणको सामना गरिरहँदा विशेषगरी अमेरिकी ‘पेट्रियट’ हवाई रक्षा प्रणालीको आवश्यकता अत्यन्तै बढेको उनले बताए । यी प्रणालीहरू रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न महत्त्वपूर्ण मानिन्छन् तर अहिलेसम्म पर्याप्त सङ्ख्यामा उपलब्ध नभएको उनको गुनासो छ ।
चार वर्षअघि शुरू भएको रुसी आक्रमणपछि युक्रेनका शहरहरू निरन्तर निशानामा परिरहेका छन् । ऊर्जा पूर्वाधारमा आक्रमण हुँदा औद्योगिक उत्पादनमा अवरोध आएको छ ।
गएको फेब्रुअरीमा रुस र युक्रेनबीच अमेरिकाको मध्यस्थतामा भएको वार्ता निष्कर्षविहीन बनेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताए ।
मध्यपूर्व युद्धको प्रभाव केवल कूटनीतिक तहमा मात्र नभई आर्थिक र सैन्य सन्तुलनमा पनि देखिएको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेपछि तेलको मूल्य बढेको छ जसबाट रुसलाई अतिरिक्त आम्दानी भइरहेको जेलेन्स्कीले उल्लेख गरे। यसले रुसको अर्थतन्त्र कमजोर पार्ने युक्रेनको रणनीतिक उद्देश्यलाई चुनौती दिएको छ ।
स्रोतको अभाव बढ्दै जाँदा युक्रेनले युरोपेली साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रयास गरेको छ ।
गएको मार्च अन्त्यतिर जेलेन्स्कीले खाडी क्षेत्रको भ्रमण गर्दै रक्षा सहकार्य विस्तार गर्ने प्रयास गरेका थिए । त्यस्तै विश्वव्यापी व्यापार मार्गको सुरक्षामा सहयोग पुर्याउने प्रस्तावस्वरूप ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन युक्रेनको अनुभव उपयोगी हुन सक्ने उनको धारणा छ ।
News Desk 0 response आइतवार, चैत्र २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



