

-
काठमाडौं : सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ जना ओमानमा १ जना रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । युद्धग्रस्त देशले सामाजिक सञ्चालमा प्रवाह हुने भ्रमपूर्ण सन्देश तथा सामग्रीमा कडाइ गर्दै आएका छन् ।
यस्तै इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेका मन्त्रालयले जनाएको छ । ३३ वर्षीय झा अहिले त्यहाँको कारागारमा रहेका मन्त्रालयले आज जानकारी गराएको छ ।
झा मध्यपूर्वमा तनाव शुरू हुनुभन्दा अघि नै पक्राउ परेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । झाको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको उनको भनाइ छ ।
महोत्तरी घर भएका झा उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका र दुई वर्षअघि कामका लागि दुबई पुगेका थिए । त्यहाँबाट जहाजमा तेल लिन इरान जाने गरेको र त्यसै क्रममा पक्राउ परेका खुलेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



