-
काठमाडौं : जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।
मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए ।
सह सचिव रिजाललाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तिब्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

आइतवार, कार्तिक २, २०८३