

-
चन्द्रमामा मानिस पुर्याउने लक्ष्यसहित चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । सन् २०३० सम्ममा चन्द्र अवतरण, त्यसपछि चन्द्र आधार निर्माण र अन्ततः मङ्गल ग्रहसम्म पुग्ने चीनको योजनाले अमेरिकाको परम्परागत अन्तरिक्ष वर्चस्वलाई चुनौती दिन थालेको विशेषज्ञहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सन् १९९२ मा शुरू भएको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अहिले परिपक्व चरणमा पुगेको मानिन्छ । सन् २००३ मा पहिलो मानवयुक्त उडानपछि चीनले अहिलेसम्म झन्डै १५ वटा यस्ता मिसन सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यसमध्ये कुनै पनि प्रक्षेपण दुर्घटनामा परेको छैन । आफ्नै टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा अहिले तीन जना चिनियाँ अन्तरिक्षयात्री रहेका छन् ।
चन्द्र अवतरणका लागि सन् २०२६ मा नयाँ मेङ्झाउ अन्तरिक्षयान परीक्षण हुनेछ भने लङ मार्च–१० रकेट तथा लान्यु ल्यान्डरको विकास पनि अन्तिम चरणमा पुगेको छ ।
रुससँगको सहकार्यमा सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी पनि भइरहेको छ जहाँ पानीको सम्भावना भएकाले वैज्ञानिक तथा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
अस्ट्रेलियाका प्राध्यापक रिचर्ड डे ग्रिजकाअनुसार उच्च राजनीतिक प्रतिबद्धता र दीर्घकालीन निरन्तर लगानीका कारण चीनको अन्तरिक्ष कार्यक्रम पश्चिमी देशहरूको तुलनामा बढी पूर्वानुमानयोग्य र प्रभावकारी रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



