

-
काठमडौं : तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।
दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। ६ वटा दलमध्ये १६ सिट पाएको नेकपा एमालेले आयोगमा बुझाएका समानुपातिक सांसदहरुको नाम हिजै सार्वजनिक गरिसकेको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको सचिवालय बैठकबाट सामानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको हो । ४८ जना महिला र नौजना पुरुषको नाम बुझाएको र परिचय भने आयोगले नै सार्वजनिक गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुङ्गो लगाएको हो । १५ जना महिलासहित २० जनाको नाम निर्वाचन आयोगले नै सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
९ सिट पाएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ ।
४ सिट पाएको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम पठाएको छ । यस्तै ४ सिट पाएको राप्रपाले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम पठाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०८२

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



