

-
काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व लिन चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार एकैदिन घोषणापत्र सार्वजनिक गरेका छन् । प्रजातन्त्र स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा तीन दलले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
समग्रमा घोषणापत्र भएपनि पार्टीहरुले छुट्टा छुट्टै नाम दिएका छन् । कांग्रेसले प्रतिज्ञापत्र, एमालेले घोषणापत्र र रास्वपाले वाचापत्र भनेको छ । कांग्रेस र एमालेले एउटै समय पारेर काठमाडौंबाट चुनवी प्रतिबद्धता सार्वजनिक गरे । रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्यो । ‘रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ भनेर रास्वपाले वाचा गरेको छ ।
‘स्थिति बसाल्ने संकल्प’ भन्ने मूल नारासहित प्रस्तुत यो वाचा पत्रले सुशासन, पारदर्शिता, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा समृद्ध नेपाल निर्माणप्रति हाम्रो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेको छ ।
जनताको विश्वासलाई केन्द्रमा राख्दै प्रणाली सुधार र परिणाममुखी शासनमार्फत देशलाई स्थिरता, समृद्धि र सुशासनको दिशामा अघि बढाउने दृढ प्रतिबद्धता यस वाचा पत्रमार्फत व्यक्त गरिएको छ ।
भदौमा भएको जेनजी विद्रोहलाई अपनत्व लिँदै वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुन खोजेको रास्वपाले उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
सभापति रवि लामिछानेले जनता जागेको बेला कसैले ‘कचकच’ नगर्न चेतावनी दिए । ‘लोकतन्त्र कुनै नेता तथा पार्टीले ठेक्का लिनुपर्दैन । लोकतन्त्र जनताले जोगाउँछन् । लोकतन्त्रप्रति हामीलाई विश्वास छ । जनता जागेको बेला कचकच गर्न पाइँदैन । देश आँखै अगाडि नर्क बन्न लाग्दा रास्वपाले रोक्न खोजेको हो । सरकार बनाएपछि जनतासँग गरिएको वाचा पूरा गर्छ’, उनले भने ।
रास्वपाबाट भावी प्रधानमन्त्री प्रस्ताव गरिएका बालेन शाहले छोटो मन्तव्यमा कुनै दल वा नेतामाथि आक्रोश पोखेनन् । उनले स्वर्गजस्तो कर्णाली अहिलेसम्म नबनेकाले प्रश्न उठाए । आफ्नो सरकार बनेपछि सुशासन, समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने उनले बताए ।
‘कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए । त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्, अहिलेसम्म कोही आएको छैन । त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू’, उनले भने, ‘तपाईँहरूको त्यो सपना बोकेर जान पाऔँ । त्यो सपना बोक्ने सुरुवात आज हामीले वाचा पत्रबाट गरेका छौँ, कर्णालीबाट घोषणा गरेका छौँ । आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन् ।’
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनालाई देशी विदेशीको षड्यन्त्रमा भएको विध्वंसको संज्ञा दिएका छन् । जेनजी घटनाको क्रममा ७६ जनाको ज्यान जानुको साथै देशको अर्बौं सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त भएको थियो । तर त्यतिबेला सरकार प्रमुख भएको हिसाबले अहिलेसम्म ओलीले उक्त घटनाको जिम्मा लिएका छैनन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले उल्टै ६ वटा गम्भीर प्रश्न उठाएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



