

-
काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ । यसअघि गएको आइतवार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले चुकेको थियो । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो । यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन ।
नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गरेको हो । समूह ‘सी’ मा नेपालसहित दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी बरियताका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् । विश्वकप क्रिकेटमा इटालीले पहिलोपटक खेल्दैछ ।
तीन पटक विश्वकप खेलिसकेको नेपालभन्दा इटाली विश्वकप क्रिकेटका लागि नयाँ टोली हो । यो विश्वकपमा नेपाल र इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन् । नेपाल इङ्ल्यान्डसँग पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भयो । दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब छ ।
नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपाल र इटालीको खेल अघि विश्वकपमा आज विहान सवा ११ बजे श्रीलंका र ओमान खेल्दैछन् भने आजै बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्नेछन् ।
News Desk 0 response बिहिबार, माघ ३०, २०८२

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


