

-
काठमाडौं : नेपाली कांग्रेसले फागुण २१ को चुनाव पहिले कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको बताउँदै उनले नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए।
साथै उनले संसद पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाहरूको विषयमा पनि कांग्रेसको कुनै टिप्पणी नभएको बताए। निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उनको भनाइ छ। उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र कांग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहोर्याए।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
उनले भने, ‘हामी सम्पूर्ण रूपमा हामी चुनावी प्रणालीमा गइरहेका छौं। हामी चुनावमा नै विश्वास गर्छौं। पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ। यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन। चुनावपूर्व हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन। नेपाली कांग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेदवार कायम छ। हामी प्रचारमा लागेका छौँ। विजयको उन्मुख पुगिरहेका छौँ।’
उनले निर्वाचनमा मतदान गर्दा विगतको इतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेदवारलाई पहिचान गर्न पनि आग्रह गरे।
News Desk 0 response बिहिबार, माघ २३, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



