

-
इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भोलि ओमानको मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुन सक्ने अमेरिकी कूटनीतिज्ञ स्टिभ विटकोफले बताउक्ँ छन्् ।
तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ । अराघची र विटकोफले गएको वर्ष इरान र अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गरेका थिए र त्यसपछि इजरायलले छैटौँ चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो ।
तेहरान र वासिङ्टनबीच बढ्दो तनावको बीचमा भोलि वार्ता हुन लागेको हो । अमेरिकाले हालैका दिनहरूमा इरानको सरकारविरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ । तेहरानले गएको महिना भएको आन्दोलनका क्रममा ३ हजारभन्दा धेरैको ज्यान गएको स्वीकार गरेको छ ।
इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा शुरू भएको आन्दोलन अमेरिका र इजरायलले भड्काएपछि दङ्गामा परिणत भएको इरानी अधिकारीहरूको भनाइ छ । अमेरिकाको गैरसरकारी संस्था ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले आन्दोलनमा ६ हजार ८ सय ७२ प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको जनाएको छ ।
News Desk 0 response बिहिबार, माघ २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५..
बिहिबार, माघ २३, २०८२ -
फागुण २१ को चुनाव पहिले कुनै गठबन्धन..
बिहिबार, माघ २३, २०८२ -
बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद
बिहिबार, माघ २३, २०८२
-
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५..
बिहिबार, माघ २३, २०८२ -
फागुण २१ को चुनाव पहिले कुनै गठबन्धन..
बिहिबार, माघ २३, २०८२ -
बौद्धबाट चोरी गरिएको ६५ तोला सुन बरामद
बिहिबार, माघ २३, २०८२
-
ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो..
मङ्लबार, माघ १४, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना
मङ्लबार, माघ १४, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२



