

-
परमाणु हतियार नियन्त्रणसम्बन्धी अमेरिका र रुसबीच भएको महत्त्वपूर्ण सन्धिको म्याद आजदेखि सकिएको छ ।
सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति दिमित्री मेद्भेदेभले हस्ताक्षर गरेको न्यू स्टार्ट भनिने स्ट्र्याटेजिक आर्म्स रिडक्शन ट्रिटी विनाशकारी परमाणु युद्ध रोक्न महत्त्वपूर्ण थियो ।
यो सम्झौताले अमेरिका र रुस दुवैलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने परमाणु हतियारको सङ्ख्या साढे १५ सयमा सीमित राखेको थियो । सम्झौताले अन्तरमहादेशीय मिसाइल, पनडुब्बीबाट प्रक्षेपण हुने मिसाइल र बमवर्षकमार्फत तैनाथ परमाणु हतियारलाई कडाइका साथ सीमित गरेको थियो ।
परमाणु अस्त्र भण्डारको अनियन्त्रित विस्तारबाट रोक्ने अन्तिम सन्धिको म्याद सकिएपछि अब संसारमा अस्त्र विस्तारको नयाँ होडबाजी शुरू हुने डर बढेको बीबीसीले जनाएको छ । दुवै देशले सन्धि नवीकरणमा चासो नदेखाएपछि म्याद गुज्रिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यो अवस्थालाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको दृष्टिले गम्भीर समय भनेका छन्।
अमेरिका र रुस दुवैले आफ्नो परमाणु शक्ति तथा रणनीतिक क्षमताको आधुनिकीकरण गरिरहेका छन् । विश्वको कुल परमाणु हतियारको ८० प्रतिशत अमेरिका र रुसको नियन्त्रणमा छ ।
अमेरिका र रुससँगै चीनले पनि लामो दूरीका हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेको छ । तिनीहरूको गति ६ हजार ४ सय ३७ किलोमिटर प्रतिघण्टासम्म रहेकोले तिनलाई रोक्न कठिन हुने ठानिन्छ ।
News Desk 0 response बिहिबार, माघ २३, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



