

-
काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक-१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरु संसदमा उठान गर्नको लागि संसदीय निर्वाचनमा होमिएका बताएका छन् ।
मंगलवार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण हुँदा यसको सम्भावना सम्भावनामै सीमित हुन लागेकाले संसदमा ऊर्जा क्षेत्रका समस्या र समाधानको बहस उठान गर्नको लागि आफूले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् ।
पराजुलीले नेपालमा रहेका ठूला १३ वटा उद्योगमा लाइन काट्दा ४० हजारको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युतसमेत खपत नभएको स्मरण गराएका थिए ।
‘१३ वटा उद्योगको लाइन काट्दा ४० हजार व्यक्तिको रोजगारी प्रभावित भयो । ५०० मेगावाट विद्युत खेर गयो । अब देशमा १३ वटा मात्र होइन १३ लाख उद्योग सञ्चालन हुने वातावरण बनाउन र लाखौ नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन म राजनीतिमा होमिएको हुँ ।’ पराजुलीले भने, ‘दलभित्र नेता फोहोर भए भनेर मात्रै भएन, त्यो फोहोर सफा गर्न म मैदानमा निस्किएको हुँ ।’
इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्या समाधान गर्नका लागि ऊर्जा क्षेत्र बुझेका धेरै जना व्यक्तिहरु संसदमा जान आवश्यक रहेको भन्दै पराजुलीको उम्मेदवारीलाई आफ्नो नैतिक समर्थन रहेको बताए । उनले आगामी निर्वाचनपछि ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका कम्तिमा आधा दर्जन व्यक्तिहरु प्रतिनिधिसभामा आउनुपर्नेमा जोड दिए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका वारेमा जानकार व्यक्तिहरु जुनसुकै राजनीतिक दलबाट निर्वाचनमा होमिए पनि आफ्नो समर्थन रहने बताए ।
‘हिजोका दिनमा ऊर्जा उद्यमीहरु स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्दै आएकोमा राजनीतिक दलहरुले ऊर्जा क्षेत्र बुझ्नै सकेनन् । अब सबै राजनीतिक दलभित्र ऊर्जा क्षेत्रमा सक्रिय मानिसहरु संग्लग्न भएर पहिला दलको मुल एजेण्डामा ऊर्जा क्षेत्रवारे स्पष्ट बनाउनुपर्छ ।’ डाँगीले भने, ‘बाहिर बसेर ऊर्जा क्षेत्रमा समस्या भयो भनेर समाधान हुने देखिएन ।’इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा धेरै भन्दा धेरै ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरु विजयी गराउन ऊर्जा उद्यमीका नाताले नैतिक सहयोग र समर्थन रहने बताए ।
News Desk 0 response मङ्लबार, माघ १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



