• काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनावलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छिन् ।

    काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा उहाँले चुनावलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुङ्गाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन् । प्रधानमन्त्री कार्कीले चुनावमा कुनै पनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीहरुलाई सचेत गराइन् ।

    यस्तै कार्यक्रममा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावलार्ई भयमुक्त गराउने गरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिइन् । चुनावलाई सफलतापूर्वक सम्पन्न गरेर नेपाल प्रहरीले विगतमा जस्तै आफ्नो व्यवसायिक दक्षता प्रमाणित गरेर देखाउने विश्वास रहेको उनको भनाइ छ ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताइन् । उनले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गराइन् । हरेक चुनावमा जस्तै आउँदो चुनावमा पनि प्रहरीले व्यवसायीक दक्षता प्रदर्शन गर्ने उनको भनाइ छ ।