

-
टोकियो : नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरे। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन्।
भ्रमणका क्रममा उनले माघ १९ गते सोमबार नै जापान सरकारले आयोजना गर्ने कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा भाग लिने कार्यक्रम छ। यो भ्रमणले दुई देशबीचको दशकौँ पुरानो मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता हुने राष्ट्रपतिको यो भ्रमण राजनीतिक र कूटनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। माघ २० गते मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितोबिच राजकीय शिष्टाचार भेट हुने तालिका छ।
सोही दिन उनले जापानकी प्रधानमन्त्री ताकाइची सानाएसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसबाहेक विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नेछन् भने नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा पनि सहभागी हुनेछन्। सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध गाँसेका नेपाल र जापानले क्रमशः सन् १९६५ र १९६७ मा एकअर्काको राजधानीमा दूतावास स्थापना गरेका थिए। राष्ट्रपति पौडेल आफ्नो चारदिने भ्रमण पूरा गरी आगामी माघ २१ गते बुधबार स्वदेश फर्कनेछन्।
News Desk 0 response सोमवार, माघ २०, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


