

-
काठमाडौं : रूस युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ता भएको छ।
शुक्रबार युएईको राजधानी आबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय छलफल भएको हो।
छलफलमा तीनै देशका कुटनीतिक र सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू सहभागी थिए। वार्ता शनिबार पनि जारी रहने भनिएको छ।
वार्तामा भूभागको विषय प्रमुख एजेन्डा बनेको तर अहिलेसम्म ठोस सम्झौताको संकेत नदेखिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
फेब्रुअरी २०२२ मा सुरु भएको पूर्ण आक्रमणपछि युक्रेनमाथि युद्ध अन्त्यका लागि अमेरिका तर्फबाट दबाब बढिरहेको छ। रुसले भने लडाइँ रोक्नुअघि युक्रेनले आफ्नो पूर्वी औद्योगिक क्षेत्र डोनबास पूरै सुम्पनुपर्ने अडान दोहोर्याउँदै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबु धाबी वार्तामा भू–भागसम्बन्धी विवाद नै मुख्य विषय भएको बताए।
उनले युद्ध रूसले सुरू गरेका कारण अन्त्यका लागि पनि ऊ आफै तयार हुनुपर्ने बताएका छन्।
आफू वार्ताकार टोलीसँग निरन्तर सम्पर्कमा रहे पनि शुक्रबारको वार्ताबाट निष्कर्ष ननिस्किएको र शनिबार पनि वार्ता जारी रहने बताएका छन्।
युक्रेनको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभले युद्ध अन्त्यका मापदण्ड र वार्ताको आगामी प्रक्रिया बारे छलफल भएको जानकारी दिए।
यी वार्ताहरू जेलेन्स्कीले स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेलगत्तै भएका हुन्।
जेलेन्स्कीले युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूतिको सम्झौता तयार भइसकेको र हस्ताक्षरका लागि ट्रम्पबाट मिति र स्थानको प्रतीक्षा गरिरहेको बताए।
युक्रेनले सम्भावित शान्ति सम्झौतापछि पुनः रुसी आक्रमण रोक्न पश्चिमी मुलुकबाट बलियो सुरक्षा प्रत्याभूति माग्दै आएको छ।
अमेरिकाको मध्यस्थतामा भइरहेको वार्ताकै बीच रुसले युक्रेनको ऊर्जा प्रणालीमाथि आक्रमण तीव्र बनाएको छ।
किभसहित प्रमुख सहरहरूमा विद्युत् र ताप आपूर्ति अवरुद्ध हुँदा चिसो मौसममा अवस्था झन् जटिल बनेको छ।
युक्रेनको ठूलो निजी विद्युत् उत्पादक कम्पनीका प्रमुख म्याक्सिम टिम्चेन्कोले अवस्था ‘मानवीय संकट’ नजिक पुगेको भन्दै ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने युद्धविराम आवश्यक रहेको बताए।
युक्रेनका ऊर्जामन्त्रीका अनुसार नोभेम्बर २०२२ को व्यापक ब्ल्याकआउटपछि देशले अहिलेसम्मकै कठिन दिन बिहीबार भोगेको हो।
रुसले कूटनीतिक समाधान चाहेको दाबी गरे पनि आफ्ना लक्ष्य हासिल नभएसम्म सैन्य कारबाही जारी राख्ने बताउँदै आएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनको डोनेट्स्क क्षेत्रको अझै युक्रेनको नियन्त्रणमा रहेको करिब २० प्रतिशत भू–भाग ९झन्डै ५,००० वर्ग किलोमिटर० सुम्पनुपर्ने माग शान्ति सम्झौतामा सबैभन्दा ठूलो बाधा बनेको छ।
जेलेन्स्कीले चार वर्षको भीषण युद्धमा रुसले कब्जा गर्न नसकेको भूमि छाड्न अस्वीकार गर्दै आएका छन्। जनमत सर्वेक्षणहरूले पनि भू–भाग त्यागप्रति युक्रेनी जनताको समर्थन न्यून रहेको देखाउँछन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले डोनबास पूरै युक्रेनले सुम्पनुपर्ने सर्त कायमै रहेको बताएका छन्।
यद्यपि युक्रेन र पश्चिमी मुलुकहरूले २०२२ मा रुसले घोषणा गरेको डोनेट्स्कलगायत क्षेत्रको विलयलाई अस्वीकार गरेका छन्।
रुसले अमेरिकामा जफत गरिएका करिब ५ अर्ब डलर बराबरका रुसी सम्पत्ति युक्रेनभित्र रुसको नियन्त्रणमा रहेका क्षेत्रको पुनर्निर्माणमा प्रयोग गर्ने प्रस्ताव पनि अघि सारेको छ।
युक्रेन र उसका युरोपेली सहयोगीहरू भने रुसले युद्ध क्षतिपूर्ति तिर्नुपर्ने अडानमा छन्।
अबु धाबी वार्ता युद्ध सुरु भएयता पहिलो पटक युक्रेनी र रुसी दूतहरूसँग अमेरिकी मध्यस्थ एउटै टेबलमा बसेको बैठक हो।
यसअघि गत वर्ष इस्तानबुलमा दुवै पक्षबीच प्रत्यक्ष भेट भएको थियो भने नोभेम्बरमा अबु धाबीमै अमेरिकी र रुसी प्रतिनिधिसँग एक वरिष्ठ युक्रेनी सैन्य गुप्तचर अधिकारीको छलफल भएको थियो।
News Desk 0 response शनिबार, माघ ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



