

-
काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनमा माओवादी युद्धमा प्रत्यक्ष संलग्न रहेका दुईले सिन्धुली–२ मा बिद्रोह गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसांसद लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि नेता हरिबोल गजुरेल पक्ष असन्तुष्ट बनेको हो । युद्ध पत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गजुरेलले पार्टी नेतृत्वकै विधि–पद्धति उल्लंघनका कारण विद्रोह अपरिहार्य बनेको दाबी गरेका छन् ।
यो पार्टीभित्रको विद्रोह भएको र विधि र पद्धतिका लागि विद्रोह गरिएको गजुरेलको भनाइ छ ।
लेखनाथ दाहाल (राजन) सिन्धुली–१ बाट सिफारिस भएका थिए । तर टिकट सिन्धुली–२ मा ‘सिफारिसै बिना’ दिइएको आरोप छ ।पार्टी संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले महेश्वरको उम्मेदवारी फिर्ता गरी आधिकारिक उम्मेदवारलाई सहयोग गर्न विशेष निर्देशन जारी गरेका थिए । निर्देशनमा गजुरेल प्रस्तावक रहेको उल्लेख गर्दै ‘अनाधिकृत’ मनोनयन फिर्ता लिन भनिएको छ ।
तर गजुरेल उल्टै संयोजककै निर्णयलाई सवाल गर्दै भनेका छन्, ‘जसले विधि, पद्धति उल्लंघन ग¥यो, उसैलाई कारबाही हुनुपर्छ । हामीले विधिअनुसार महेश्वरलाई सिफारिस गरेका हौं ।’ बागी उम्मेदवार महेश्वर दाहालले ‘हुकुमी प्रमांगी’का निर्णयलाई नमान्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल माओवादी युद्धका बेला परिवार नै संलग्न भएका ब्यक्ति हुन् । उनका बुवा असारे काकाको उपनामले चिनिने अग्रज हुन् ।
News Desk 0 response शुक्रबार, माघ १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



