

-
काठमाडौं : नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक भोलि पार्टी कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगइ बाहिरनै बैठक राख्दै आएको छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिनुका साथै सर्वोच्च अदालतले पनि थापा नेतृत्वविरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिएपछि केन्द्रीय कार्यालयमा नयाँ कार्यसमितिको बैठक बस्न लागेको हो ।
भोलि दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने तयारी रहेको प्रवक्ता चालिसेले बताए ।
यसैबीच नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना निकालेका छन्।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसक्दा पनि पौडेलले मुख्यसचिवका हैसियतमा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना निकालेपछि त्यसको विरोधसमेत भएको थियो ।
News Desk 0 response बिहिबार, माघ ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



