

-
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताका पक्षमा अपिल गरेको हो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका हुन् ।
निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
‘पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,’ उनले भने ।
उनले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।
News Desk 0 response शनिबार, माघ ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



