

-
काठमाडौं : नेपाली कांग्रेसभित्र रूपान्तरण चाहने र नचाहनेबीचको सङ्घर्ष बढ्दै जाँदा देशको सबैभन्दा ठूलो दल विभाजन भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरे पनि देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो ।
देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ । पार्टीको संस्थापन पक्षको बहुमत रहेको समितिले पार्टीको निर्णय विपरीत विशेष महाधिवेशन आह्वान गरेका कारण तीन जनालाई अनुशासनको कारबाही गरेको बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
दुई पक्षबीच सहमति गर्ने प्रयास विफल भएपछि पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बसेको हो ।
दुई पक्षबीच केही दिनदेखि भएको वार्ताबाट परिणाम ननिस्किएपछि आज बिहान दुई महामन्त्री र पार्टी सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
पार्टी एकता कायम राख्नका लागि वार्तामार्फत सहमति जुटाउने प्रयास भइरहेको भन्दै आयोजकहरूले दुई दिनका लागि डाकिएको विशेष महाधिवेशन लम्ब्याएका थिए ।
संस्थापन भनिएको पक्षले कारबाहीको घोषणा गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले त्यसबारे प्रतिक्रिया दिएका छन् ।
संस्थापन पक्षले कारबाही गरेको निर्णय सार्वजनिक भएपछि विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी विभाजित नभएको दाबी गरे । उनले विशेष महाधिवेशन नै मूल पार्टी भएको तर्क गर्नुभयो । संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने उनको दाबी छ ।
थापाले बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटमा आफूहरूले विशेष महाधिवेशनबाटै अन्तरिम नेतृत्व चयन गरेर जान सुझाव दिएको तर त्यसको सुनुवाइ नभएको बताए ।
आमचुनावमा पार्टीले आफ्नो प्रधानमन्त्री उम्मेदवार जो भए पनि तोकेर जाऔँ तर देउवा हैनन् भन्नुपर्ने माग आफूहरूको रहेको उनको भनाइ छ ।
थापा र शर्माको आह्वामा गएको आइतवार शुरू भएको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
हिजो विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई पार्टीको नेतृत्व र देशको प्रधानमन्त्रीका रूपमा अघि सारिने बताएका थिए ।
विशेष महाधिवेशनमा सक्रिय रहेका नेता प्रदीप पौडेलले अब आजै पार्टी नेतृत्वको चुनावी प्रक्रिया अघि बढ्ने बताए ।
News Desk 0 response बुधबार, माघ १, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



