

-
काठमाडौं : कांग्रेसको जारी विशेष महाधिवेशन विधानअनुरूप नभएको निचोडमा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सक्रिय महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वादका लागि तयार भएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले गणपुरक संख्या कटाएपछि सभापति देउवामाथि महामन्त्रीद्वयसँग सम्वाद गर्न उनीनिकटकै नेताहरूको दबाब परेको छ।
सोमबार अपराह्न देउवा निवास महाराजगन्जमा सभापति देउवाले कांग्रेस केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरेका थिए। देउवाले सामूहिक, प्रदेशगत र एक्लाएक्लै छलफल गरेका थिए। त्यसैगरी शेखर कोइरालासँग पनि देउवाले अलग संवाद गरेका थिए।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति देउवालाई तत्कालै महामन्त्रीहरूसँग संवाद सुरु गर्न आग्रह गरिएको बताए। उनले भने, “पार्टीलाई एकढिक्का राख्नका लागि सभापतिलाई हामीले महामन्त्रीसँग तत्काल संवाद गर्न अनुरोध गरेका छौँ, उहाँहरूले सुन्नुभएको छ र चाँडै नै संवाद सुरु हुन्छ।”
विशेष महाधिवेशन आह्वान गरेपछि सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्मासँग संवादहीनता थियो।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरे पनि देउवा नेतृत्वको संस्थापन समूहले त्यसलाई पन्छाएको थियो। केन्द्रीय समितिले २६ देखि २८ पुसमा १५औँ नियमित महाधिवेशन गर्ने मिति तोके पनि तयारी नपुगेको भन्दै त्यसलाई स्थगित गरिएको थियो। त्यसलगत्तै महामन्त्रीद्वय थापा र शर्माले २७ र २८ पुसका लागि विशेष महाधिवेशन आह्वान गरेका थिए।
२३ र २४ भदौको जेन-जी आन्दोलनपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए। २४ भदौमा आन्दोलनकारीको आक्रमणमा परी देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका थिए। जेन-जी आन्दोलनकारीको आक्रमणले घाइते भएपछि केही समय स्वदेशमै उपचार गराएका देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट फर्केपछि भने देउवा आफैँ कांग्रेसमा सक्रिय भए।
तोकिएको मितिमा नियमित महाधिवेशन नभएपछि महामन्त्रीद्वय विशेष महाधिवशेनको तयारीमा जुटे। तर देउवा समूह भने विशेष महाधिवेशनको औचित्य नभएको निष्कर्षमा सुरुदेखि नै रहेको कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव बताउँछन्। “नेपाली कांग्रेसको नजरमा केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय नै आधिकारिक निर्णय त्यही हो। कांग्रेसका कार्यकर्ता त्यही निर्णयलाई आधिकारिक मानेर अघि बढ्छन्,” यादव भन्छन्, “केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छैन भनेर यसअघि नै निष्कर्ष निकालेको हो। जतिसुकै मानिस भेला भए पनि विशेष महाधिवेशनको अर्थ छैन।”
आइतबार र सोमबार पनि सभापति देउवाले शेखर कोइरालासँग छुट्टै संवाद गरेका थिए। कोइरालाले सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, मीनेन्द्र रिजाल लिएर देउवासँग संवाद गरेका थिए। कोइरालाले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न आफू लागि परेको बताएका थिए। उनले महामन्त्रीद्वयसँग संवाद सुरु गर्नका देउवालाई पनि आग्रह गरेका थिए।
News Desk 0 response सोमवार, पुस २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



