

-
काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । अरू बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश गरेका छन् ।
बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा रातभर राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेश गर्न भ्याइनभ्याइ भयो ।
एक सयवटा राजनीतिक दलले ९३ चुनाव चिह्नमार्फत् समानुपातिक प्रणालीतर्फको चुनावमा जान निर्वाचन आयोगले यसअघि स्वीकृति दिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार समानुपातिकतर्फ हिजो बन्दसूची पेस गर्ने अन्तिम समय रहेकोमा रातभर नै यस सम्बन्धी काम भएको छ ।
हिजो दिनभर समानुपातिकतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल अबेर मात्रै आयोग पुगेका थिए । राजनीतिक दलले अस्ति र हिजो पेश गरेको समानुपातिकतर्फको बन्दसूचीका बारेमा आजदेखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता भट्टराईले बताए ।
आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ ।
माघ ४ गते बन्दसूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए । आउँदो फागुन २१ गते हुने चुनावका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन् ।
News Desk 0 response मङ्लबार, पुस १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



