

-
काठमाडौं : नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाएका सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव दिएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सरकारलाई बाहिरी हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताए । उनले सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिनेतिर केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
यस्तै पत्रकार एवम् लेखक कनकमणि दीक्षितले अन्तर्राष्ट्रिय मान्यता अनुसार चुनाव घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताए । संविधानमा केही छेडखानी भएको र त्यसलाई मेटाउन फागुन २१ गतेको चुनाव आवश्यक रहेको भन्दै उनले नहुने सम्भावनाहरू टारेर भए पनि समयमै चुनाव गराउनुपर्ने जरुरी रहेको बताए ।
पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले चुनावको प्रक्रिया सुरू गरिसकेपछि कानूनहरू परिवर्तन गर्न नहुने भन्दै यसलाई खेलाँची गरे ठीक ठाउँमा नपुगिने बताए । शीर्ष नेतृत्वलाई स्थानहद तोकेर चुनाव गर्न सम्भव नरहेकाले नेताहरूको स्थानहद हटाउनुपर्ने उनको तर्क छ ।
प्रतिनिधिसभा सदस्य चुनावको तयारीका विषयमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्री, प्रमुख राजनीतिक दलका तल्लो तहका नेता तथा निर्वाचन आयोगका पदाधिकारीहरूसमेत सहभागी थिए ।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



