

-
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले अबको निकासका लागि चुनाव नै विकल्प भएको बताए। पूर्वदेखि पश्चिमसम्मको एकता सन्देश सभाका क्रममा नागरिक पनि चुनावका लागि तयार भइरहेको पाएको भन्दै प्रचण्डले राजनीतिक दल पनि चुनावको तयारीमा जुटिरहेका उल्लेख गरे ।
कांग्रेसले पनि चुनावमा जाने संस्थागत निर्णय गरिसकेको अवस्थामा दोहोरो चरित्र नदेखाइ चुनावको प्रक्रियालाई अघि बढाउने काममा अघि बढ्न संयोजक प्रचण्डले एमालेलाई पनि आग्रह गरे ।
त्यस्तै सम्बोधनका क्रममा नेकपाका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरू इमानदारिताका साथ अघि बढेको दाबी गरे । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका एक दर्जन बढी वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजना गरेका सन्देश सभा अन्तर्गत आजको सभा अन्तिम हो ।
नेकपाल दिउँसो भृकुटीमण्डमा सभा शुरू हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्याली र जुलुस निकालेको थियो । नेकपाले यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकता सन्देश सभा गरेको थियो ।
News Desk 0 response शनिबार, पुस ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


