

-
काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा थुनामा रहेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न सर्कुलर गरेको हो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार आरोपीहरूलाई छाड्न ‘गोप्य सर्कुलर’ जारी गरिएको छ ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू विरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ ।
काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न बाहेक अरूलाई छाड्न सर्कुलर आएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । ती अधिकृतले भने, ‘हत्यामा संलग्न बाहेक अरूलाई रिहा गर्न भनिएको छ ।’
मङ्सिर २४ मा जेनजी अगुवा र सरकारको बिचमा १० बुँदै सम्झौता भएको थियो । सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्च स्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्ने उल्लेख गरिएको थियो । स्क्रिनिङ गर्दा कुनै व्यक्ति ज्यान मार्ने कसुर वा संगठित आपराधिक गिरोहमा संलग्न नदेखिएमा जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुने गरी तत्काल थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताको मस्यौदाकार मध्येका एकजना सरकारी अधिकृतका अनुसार ज्यान मार्ने र संगठित अपराधका घटना बाहेक आन्दोलनमा ढुङ्गा हानेको वा प्रतिरोधको क्रममा भएका घटनामा फौजदारी मुद्दा नचलाउने सहमति भएको थियो । तर, स्क्रिनिङ नगर्दै कसुरदारहरूलाई छाड्न सर्कुलर गरिएपछि दण्डहीनताले प्रश्रय पाउने प्रहरी अधिकृतहरू बताउँछन् ।
यसअघि असोज ९ मा पनि जेनजी प्रदर्शनमा सहभागी भएर उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई ‘स्क्रिनिङ’ गरेर रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रहरीले पक्राउ परेकाहरूलाई हाजिर जमानीमा रिहा गरेको थियो । जेनजीसँगको सम्झौतापछि गृह मन्त्रालयले दोस्रो पटक जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई छाड्न आदेश गरेको हो ।
News Desk 0 response शुक्रबार, मंसिर २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


