

-
काठमाडौं : गएको भदौ २३ र २४ गते भएको प्रदर्शनलाई आन्दोलनका रूपमा संस्थागत गर्न सरकार र ‘जेनजी’बीच हिजो बेलुका भएको सम्झौताको वैधानिकतामाथि प्रश्न उठेका छन् ।
सरकारले प्रदर्शनलाई जनआन्दोलनको मान्यता दिँदै कतिपय संवैधानिक र प्रणालीगत संरचना फेरबदल समेतको सम्झौतालाई लिएर राजनीतिक दल र कानूनविद्हरूले प्रश्न उठाएका हुन् । केहीले भने आन्दोलनका बलमा बनेको सरकारले संविधान अक्षरशः पालना भन्दा कतिपय अवस्था प्रेरित निर्णय गर्न सक्ने भएकोले सम्झौता उचित भएको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै नवयुवाका प्रतिनिधिले संवैधानिक, कानूनी एवम् राजनीतिक सुधारका विषयहरू समेत समेटिएको १० बुँदे सम्झौताले आफूहरू खुशी भएको र यसको व्यापक स्वामित्वका लागि लड्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले सरकार र ‘जेनजी’ समूहबीच भएको सम्झौतालाई कलाविहीन नाटकको सङ्ज्ञा दिएका छन् । आज दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले वर्तमान सरकारसँग त्यस्तो सम्झौता गर्ने म्यान्डेट नै नभएको तर्क गरे।
नवयुवा प्रतिनिधिसँग भएको सम्झौतामा संविधानमा सुधार गर्नका लागि स्वतन्त्र विज्ञ, नवयुवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय ’संविधान संशोधन सुझाव आयोग’ गठन गरिने उल्लेख छ । त्यसबाहेक भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण तथा दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, पूर्ण समानुपातिक समावेशिता, पारदर्शिताजस्ता विषय पनि त्यसमा समेटिएका छन् ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


