

-
काठमाडौं : सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइएकोमा आक्रोशित हुँदै आएको मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरुद्ध सत्याग्रह गर्ने भएको छ ।
भ्रष्टाचार नियन्त्रणलगायतका माग पुरा गर्नेतर्फ कुनै पहल नगरिएको भन्दै आफूहरुले सत्याग्रह शुरु गर्न लागेको जानकारी उक्त समुह स्रोतले दिएको छ । मंसिर ७ गते आन्दोलन गर्ने घोषणा गरेपछि सरकारको सहमतिमा आन्दोलन फिर्ता लिएको दुर्गा प्रसाईं नेतृत्व राष्ट्र र राष्ट्रियता बचाउ अभियानले समेत सत्याग्रहलाई अघोषित तर सक्रियरुपमा साथ दिन लागेको बताइएको छ ।
‘सत्याग्रह कतिसम्म जान्छ भन्ने एकिन छैन । त्यसैले शुरुमा उहाँहरुले अप्रत्यक्ष र अघोषितरुपमा रुपमा साथ दिनुहुन्छ । अवस्था हेरेर पछि पछि खुलारुपमा साथ दिने परिस्थिति आए त्यहीअनुसार हुन्छ,’ समुहका एक सदस्यले भने ।
उनकाअनुसार सत्याग्रह मंसिर २५ गतेदेखि शुरु गर्ने मोटामोटी सहमति भए पनि एकिन मिति भने एक(दुई दिन भित्रै घोषणा गरिनेछ ।
‘मिति तय भइसकेको छैन, भरेभोलिसम्म तय हुन्छ’, समूहकै एक अभियन्ताले भने, ‘अहिलेको लागि २५ गतेदेखि सुरु गर्ने कि भन्ने मोटामोटी कुरा भएको छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको आधारभुत माग समेत सम्बोधन गर्न नसकेको आरोप लगाउँदै आएको उक्त समूहले फागुन २१ गते हुने भनिएको चुनाव असम्भव रहेको दावी गर्दै आएको छ । यस्तो दावी गरेकै कारण सरकारले आफूहरुलाई ‘बाइपास’ गर्न खोजेको मिराज समूहको बुझाई छ । सरकारलाई घुँडा टेकाउनको लागि भए पनि उनीहरुले सत्याग्रह सुरु गर्न लागेको बताइन्छ ।
News Desk 0 response सोमवार, मंसिर २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


