

-
काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका हुन् । पर्सि शुक्रवार बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची रहेकोमा विश्वासको मत लिन नपाउने अवस्था आएपछि प्रदेशसभाबाटै राजीनामा घोषणा गरेर पछि प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।
मधेश प्रदेशसभामा एक सय सात सदस्य छन् । मुख्यमन्त्री यादवले आफ्नो पक्षमा विश्वासको मत जुटाउन ५४ सांसदको समर्थन जुटाउनुपर्ने थियो । तर प्रदेशसभामा सभामुख र अन्य दलका दुई जना गरी यादवको पक्षमा २५ जना मात्र छन् । तीमध्ये एक सांसद निलम्बित छन् ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ गते बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा शपथ लिएका थिए । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि सत दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए । यही घटनाका कारण प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिशमा राष्ट्रपतिले पदमुक्त गरेका छन् । यस्तै प्रदेशसभाले एमालेबाट सभामुख बन्नुभएका रामचन्द्र मण्डललाई दुईतिहाइ मतबाट पदबाट हटाएको छ ।
यसरी एमालेले मधेशमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख पद गुमाएको छ । नवयुवा आन्दोलनपछि विकसित घटनाक्रम माझ जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका सतीशकुमार सिंहले असोज २८ गते राजीनामा दिएका थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले बहुमत देखाउँदै मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत नपाउने स्पष्ट भएपछि उनले पनि राजीनामा दिए । सोनलले राजीनामा दिएपछि यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
मधेश प्रदेशसभामा १० दलको प्रतिनिधित्व छ र बहुमतका लागि दुई ठूला दल मिल्ने अवस्थामा पनि बहुमत नपुग्ने अवस्था छ । यादवको नियुक्तिविरुद्ध सात दलका ७४ जन सांसद सर्वोच्च अदालतमा गएकाले अब उनीहरू मिलेर सरकार गठन गर्ने सम्भावना छ ।
News Desk 0 response बुधबार, मंसिर १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


