

-
बिहार : बिहार विधानसभा चुनावको मतदान समाप्त भएसँगै सार्वजनिक भएका अधिकांश एग्जिट पोलहरूले नेसनल डेमोक्रेटिक एलायन्स(एनडीए) लाई बहुमतसहित अग्रता दिएका छन् ।
यस अनुमानसँगै भारतीय जनता पार्टी ९बीजेपी० र जनता दल युनाइटेड ९जेडीयू० का नेताहरूले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
जेडीयूका नेता राजीव रंजन प्रसादले बिहारमा मुख्यमन्त्री नितीश कुमारको लहर रहेको बताएका छन्। उनले भनेका छन्, ‘जनताले मोहर लगाइसकेका छन्, बिहारको मुख्यमन्त्री नितीश कुमार नै बन्नेछन्। सबै एग्जिट पोलहरूको सार यही हो कि एनडीएको सरकार फेरि बन्नेछ, हामी भारी अन्तरले जित्नेछौँ ।’
बीजेपी नेता तथा केन्द्रीय मन्त्री नित्यानन्द रायले बिहार विधानसभा चुनावमा कीर्तिमानी मतदान भएको र यो विकसित बिहार तथा विकसित भारतको लागि जनताले दिएको मत भएको बताए। बिहार सरकारका मन्त्री प्रेम कुमारले एग्जिट पोलमा आफूहरू अगाडि रहेकाले सरकार बनाउने अवस्थामा रहेको बताए ।
अर्का बीजेपी नेता सैयद शाहनवाज़ हुसैनले लामो लाइनले नै एनडीए सत्तामा आउने संकेत गरेको बताउँदै नोभेम्बर १४ मा आउने नतिजामा एनडीएले भारी बहुमतले सरकार बनाउनेमा पूर्ण विश्वास व्यक्त गरे ।
एग्जिट पोलको अनुमानलाई भने विपक्षी कांग्रेस पार्टीका नेताहरूले अस्वीकार गरेका छन्। कांग्रेस नेता तारिक़ अनवरले एग्जिट पोलहरू केवल अनुमान भएको र यसलाई तत्काल सही मान्न नहुने बताएका छन् । उनले भने, ‘महागठबन्धन जुन मुद्दाहरू लिएर चुनावमा गएको थियो, यदि ती मुद्दाहरूलाई जनतासम्म पुर्याउन सफल भयौँ भने जनताले समर्थन दिनेछन् भन्ने मलाई विश्वास छ ।’
कांग्रेस नेतृ सुप्रिया श्रीनेतले एग्जिट पोलमा आफूहरू विश्वास नगर्ने बताउँदै अन्तिम नतिजाको लागि कुर्नुपर्ने बताइन्। उनले बिहारमा मताधिकारको साथमा गरिएको खेलवाडको पाठ जनताले सिकाउने दाबी गरिन्।
बिहारको मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालले दोस्रो तथा अन्तिम चरणको मतदान शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। प्राप्त पछिल्लो तथ्याङ्क अनुसार दोस्रो चरणमा ६८।७९ प्रतिशत मतदान भएको छ । यद्यपि, अझै दुई हजार बुथहरूको तथ्याङ्क आउन बाँकी रहेकोले यो प्रतिशत बढ्न सक्नेछ ।
दुवै चरणको औसत निकाल्दा हालसम्म कूल ६६।९० प्रतिशत मतदान भएको छ, जुन गत विधानसभा चुनावको भन्दा ६।९ प्रतिशतले बढी हो । स्मरण रहोस्, यी एग्जिट पोल मात्र हुन् । बिहार विधानसभा चुनावको मतगणना नोभेम्बर १४ मा हुनेछ र त्यसपछि नै अन्तिम नतिजा सार्वजनिक हुनेछ ।
News Desk 0 response बुधबार, कार्तिक २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


