• काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

    नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।

    नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

    आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

    प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।