

-
काठमाडौं : नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।
क्रान्तिकारीको निर्वाचनबारे छलफल गर्न मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रियाबाट जान स्वतन्त्र छोडेको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार विद्यार्थीबाहेक अन्य विषयमा छलफल नभएको स्पष्ट पारे ।
‘विद्यार्थीको नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गइसक्यो यसमा पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन । जुन व्यक्तिलाई जुन पदमा उम्मेदवारी दिन मन लाग्छ फ्याक्सन इन्चार्जको समन्वयमा गरेर जान सकिने सुझाव दिएको छ । सबै प्रदेशमा निर्वाचन हुने हुँदा प्यानल बनाएर जाने कुरा पनि हुँदैन । सकभर सहमतिमै नेतृत्व चयन हुने वा निर्वाचन प्रक्रियामा गएपनि पदाधिकारीमा मिलाएर जाँदा हुन्छ भनेर पार्टीले सुझाव दिने कुरा भयो । अब विद्यार्थीहरूको स्वविवेकको कुरा हो’, उनले भने ।
विधानमा देखिएका अस्पष्टता हटाउने, मतपत्र कसरी छाप्ने, ढुवानी कसरी गर्ने भन्ने विषयमा छलफल भएको शर्माले दाबी गरे । बैठक बस्नुअघि विद्यार्थी नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।
News Desk 0 response मङ्लबार, माघ ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



